दफा १०६
बाटोको नक्सा र समय तालिकाको जानकारी गराउने
(१) अधिकार प्राप्त अधिकारीले प्रत्येक बस बिसौनीमा सो बस बिसौनीबाट प्रस्थान गर्ने गन्तव्य स्थानको बाटोको नक्सा र सार्वजनिक सवारी प्रस्थान गर्ने समय तथा गन्तव्य स्थानमा पुग्ने समय तालिका जानकारीको लागि टाँस्न वा जडान गर्न लगाउनु पर्छ ।
(२) उपदफा (१) बमोजिम टाँसिएको वा जडान गरिएको बाटो, नक्सा वा समय तालिकामा कुनै फेरबदल भएमा अधिकार प्राप्त अधिकारी वा निजले खटाएको व्यक्तिले सोको सूचना तुरून्त यात्रीहरूलाई दिने व्यवस्था गर्नु पर्छ ।